News
Sun, 01 Feb 2026 09:45:59 +0000
हिमालयको छाँयामा मुटुको संकट

२२ बालकालिकामा खास मुटुको समस्या थियो । कसैलाई बाथ मुटु रोग थियो । अरूलाई जन्मजात समस्याहरू थिए ।

Sun, 01 Feb 2026 09:44:36 +0000
प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

१८ माघ, काठमाडौं । आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो । ‘२५ जिल्लाको ३० लाख मतपत्र प्रत्यक्षतर्फको छापेर सकिएको छ,’ आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने । […]

Sun, 01 Feb 2026 09:36:38 +0000
भारत बजेट : नेपाललाई दिने सहायता रकम बढ्यो

भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँले बढी हो ।

Sun, 01 Feb 2026 09:36:18 +0000
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् । पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता […]

Sun, 01 Feb 2026 09:32:17 +0000
त्रिशूलीमा राष्ट्रिय र्‍याफ्टिङ तथा क्यानोइङ सुरु

१८ माघ, काठमाडौं । नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘नवौं राष्ट्रिय र्‍याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घघाटन नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरे । […]

Sun, 01 Feb 2026 09:31:25 +0000
ईपीएस कर्मचारी सुरक्षाप्रति कोरियाली सरकारको चासो

दिनहुँ विरोध प्रदर्शन हुँदै गएपछि कोरियाली अधिकारीहरूले आफ्ना कर्मचारीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त गरेका हुन् ।

Sun, 01 Feb 2026 09:24:48 +0000
राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजको जित

१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रेविहार युथ क्लबलाई ३-० ले पराजित गरेको हो । प्लानिङको जितमा सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले एक-एक गोल गरे । खेलको पाँचौं मिनेटमा सविन अनि १२औं मिनेटमा […]

Sun, 01 Feb 2026 09:21:10 +0000
नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

१८ माघ, काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिए […]

Sun, 01 Feb 2026 09:20:51 +0000
कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

Sun, 01 Feb 2026 09:12:45 +0000
शिशिर खनालको आग्रह– घोषणापत्र कार्यान्वयन गर्न एउटा दललाई स्पष्ट बहुमत दिनुस्

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा रहेको दल वा गठबन्धनले मात्र घोषणापत्रका प्रतिबद्धता पूरा गर्नसक्ने बताएका हुन् । खनालले […]

Sun, 01 Feb 2026 09:10:22 +0000
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन् ।

Sun, 01 Feb 2026 09:06:02 +0000
फ्रान्सको सहयोगमा नेपालमा नदी प्रवाह पूर्वानुमान सेवा सञ्चालन

फ्रान्सेली संस्था ब्लु वाटर इन्टिलिजेन्स (बीडब्लूआई) ले नेपालमा नदी प्रवाह पूर्वानुमान सेवा सञ्चालनमा ल्याएको हो ।

Sun, 01 Feb 2026 08:59:37 +0000
निर्वाचन २०५६ : माओवादीको बहिष्कार, कांग्रेसलाई बहुमत, एमालेबाट चोइटिएको माले रित्तै

आमनिर्वाचन २०५६ वैशाख २० गते र जेठ ३ गते गरी दुई चरणमा सम्पन्न भयो। २०५६ कात्तिक २९ गतेसम्म तत्कालीन संसद्को अवधि रहँदै केही महिना पूर्व नै गरिएको थियो।

Sun, 01 Feb 2026 08:58:19 +0000
नागुवासी भन्छन् : यसपटक मतदान गर्दैनौं

दलहरूले पटकपटक आश्वासन बाँडेको तर व्यवहारमा नदेखाएका कारण बाध्य भएर मतदान नगर्ने निर्णय गर्नुपरेको नागुवासी बताउँछन् ।

Sun, 01 Feb 2026 08:53:46 +0000
भोटाहिटीको साइबर ब्यूरो रहेको भवन महानगरलाई दिन गृहले दियो सहमति

१८ माघ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन  काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५  को कूल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेगरी गृह मन्त्रालयले […]

Sun, 01 Feb 2026 08:50:16 +0000
प्याजको भाउ घट्यो, किलोको कति ?

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ ।

Sun, 01 Feb 2026 08:46:39 +0000
बाजुराका ६२ मतदानस्थल अतिसंवेदनशील

जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको उनले बताए ।

Sun, 01 Feb 2026 08:37:40 +0000
प्रतिनिधिसभा निर्वाचनः पर्वतका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रित  बनेका छन् ।

Sun, 01 Feb 2026 08:25:16 +0000
संसद्को नयाँ बैठक सिंहदरबारमै बस्ने

संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।

Sun, 01 Feb 2026 08:20:32 +0000
मतदाताले घोषणापत्रका आधारमा उम्मेदवार छनोट गर्नुपर्छ : प्रदीप पौडेल

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताए । उनले नेपालको राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रको आधारमा उम्मेद्वार छनोट गर्ने प्रणालीको विकास नै […]

Sun, 01 Feb 2026 08:16:33 +0000
२० मुद्दा लागेका कुख्यात चोर मुन्ना फकिर : च्याङ्ग्रा बोकेको ट्रक नै लुट्थे

चोरी तथा ठगीको दुनियाँमा प्रहरी प्रशासनकै टाउको दुखाइ बनेका मुन्ना भनिने मोहम्मद फकिरलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

Sun, 01 Feb 2026 08:11:41 +0000
सकियो एक महिने माधवनारायण व्रत (तस्वीरहरू)

१८ माघ, काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज सम्पन्न भएको छ । स्वस्थानीका श्रद्धालुले एक महिना लामो कठोर व्रत आइतबार समापन गरेका हुन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत आइतबार विधिवतरूपमा सम्पन्न भएको हो । विधिपूर्वक श्रीस्वस्थानी माताको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानी व्रत अवधिभर र समाप्तिको […]

Sun, 01 Feb 2026 08:07:40 +0000
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो

पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।  

Sun, 01 Feb 2026 07:58:58 +0000
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । 

Sun, 01 Feb 2026 07:58:28 +0000
एपस्टाइन प्रकरणमा नयाँ खुलासा, बिल गेट्स र एलन मस्कमाथि गम्भीर आरोप

१८  माघ, काठमाडौं । अमेरिकी न्याय विभागले हालै दिवंगत जेफ्री एपस्टाइनसँग सम्बन्धित केही नयाँ दस्तावेजहरू सार्वजनिक गरेको छ, जसमा विश्वका चर्चित अर्बपतिहरू बिल गेट्स र एलन मस्कको नाम जोडिएको छ। यद्यपि, यी आरोपहरू एपस्टाइनले आफैंलाई लेखेका ड्राफ्ट इमेलमा आधारित भएकाले यिनको आधिकारिकता पुष्टि हुन भने सकेको छैन । एपस्टाइनले सन् २०१३ मा लेखेका इमेलहरूमा गेट्सले […]

Sun, 01 Feb 2026 07:43:51 +0000
बर्दियाका मतदाताको माग : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन चाहियो

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु–मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।

Sun, 01 Feb 2026 07:39:01 +0000
हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

आजकल धेरै मानिसहरूलाई पेट वरिपरि बढेको बोसोले समस्या पारिरहेको छ । यसलाई कम गर्नका लागि सोसल मिडियादेखि विभिन्न व्यक्तिले जे–जे तरिका सिकाउँछन्, तिनलाई पछ्याइन्छ । वैज्ञानिक अध्ययनअनुसार, पेटको बोसोले हृदय रोग, मधुमेह र अन्य स्वास्थ्य जोखिम बढाउँछ । नियमित व्यायाम गर्ने व्यक्तिहरूको पेटको बोसो स्वस्थ रूपमा भण्डारण हुने र यसले स्वास्थ्य राम्रो बनाउने अध्ययनहरूले देखाएका […]

Sun, 01 Feb 2026 07:35:52 +0000
जेनजी आन्दोलनमा फरार कैदी गुल्मीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ।

Sun, 01 Feb 2026 07:31:46 +0000
चुनाव प्रचारको नयाँ भूगोल : डार्कएडदेखि डिपफेकसम्म

एआईको प्रयोग 'मृत नेताहरूलाई जीवित' गराउन गरियो । मृत नेताहरूको स्वर र भिडियो एआईमार्फत बनाएर उम्मेदवारको समर्थनमा बोल्न लगाइयो । यसले इतिहास र प्रोपागान्डा बीचको रेखालाई अझ धुमिल बनाइदियो ।

Sun, 01 Feb 2026 07:31:14 +0000
अरिजित सिंहको फिल्ममा नवाजुद्दीन सिद्दीकीकी छोरी शोराले डेब्यू गर्ने चर्चा

मुम्बई । अरिजीत सिंहले बलिउडमा पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेको केही दिनमै आफ्नो सिर्जनात्मक यात्रामा नयाँ पाइला चाल्ने तयारी गरिरहेका छन् । खबरअनुसार अब उनी निर्देशनको क्षेत्रमा पाइला टेक्दैछन् । गायक सिंहले आफ्नो ‘म्युजिक लेबल’ मार्फत स्वतन्त्र संगीतलाई भने निरन्तरता दिने स्पष्ट पारेका छन् । यद्यपि, नयाँ रिपोर्टका अनुसार अब उनको मुख्य ध्यान फिल्म […]

Sun, 01 Feb 2026 07:25:19 +0000
तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ ।

Sun, 01 Feb 2026 07:20:27 +0000
साफ यू-२० च्याम्पियनसिप : ८० खेलाडी प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइए

११ माघ, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा ८० जना खेलाडी बोलाइएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ९० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका हुन् । आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान […]

Sun, 01 Feb 2026 07:19:17 +0000
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ ।

Sun, 01 Feb 2026 07:18:32 +0000
धनगढीका मेयर हमालले भने – सबैले पार्टी रोजे, मैले जनता

१८ माघ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्वीर शेयर गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ लेखेका छन् । २०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा […]

Sun, 01 Feb 2026 07:14:33 +0000
नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउनेगरी घोषणा पत्र ल्याउँछ : देव गुरुङ

नेकपाका नेता देव गुरुङले आगामी निर्वाचनका लागि नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने बताएका छन् ।

Sun, 01 Feb 2026 07:01:19 +0000
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।

Sun, 01 Feb 2026 06:59:33 +0000
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् ।

Sun, 01 Feb 2026 06:58:21 +0000
कञ्चनपुरको बंग्यादोल खोलामा युवतीको शव फेला

१८ माघ, धनगढी । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मुचुल्का गरी शव घटनास्थलबाट […]

Sun, 01 Feb 2026 06:54:32 +0000
डेमोक्र्याट नेतृत्वको शहरमा हुने आन्दोलनमा हस्तक्षेप नगर्ने ट्रम्पको घोषणा

१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेताहरूले नेतृत्व गरेका शहरहरूमा हुने आन्दोलन वा अशान्तिमा स्थानीय निकायको औपचारिक अनुरोधबिना संघीय हस्तक्षेप नगर्ने घोषणा गरेका  छन । राष्ट्रपति ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई स्थानीय विरोध प्रदर्शन व्यवस्थापन गर्न संघीय बल नपठाउन निर्देशन दिएका  छन्। तर, संघीय भवन, अदालत र सरकारी सम्पत्तिको सुरक्षाका लागि […]

Sun, 01 Feb 2026 06:54:12 +0000
घरेलु तथा अनौपचारिक श्रमिक दर्ता : ७५२ पालिकाले सिक्नुपर्ने बुढानीलकण्ठको अभियान

दर्ता भएका हरेक श्रमिकलाई नगरपालिकाको लोगो अंकित परिचय पत्र दिइन्छ ।

Sun, 01 Feb 2026 06:47:10 +0000
सात वर्षपछि भेनेजुएलामा अमेरिकी नियोग पुनः सञ्चालनमा, तेल क्षेत्र निजीकरणतर्फ

अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी दिएका छन्।

Sun, 01 Feb 2026 06:42:53 +0000
नेपालमा ‘बोर्डर २’ को कमाइ २ करोड नाघ्यो, अन्य ६ विदेशी फिल्मको कति छ ?

काठमाडौं । सन्नी देओल स्टारर फिल्म ‘बोर्डर २’ को नेपाल कमाइ २ करोड नेरु ग्रस नाघेको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १७ माघसम्मको विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘बोर्डर २’ को अहिलेसम्मको कुल कलेक्सन २ करोड २१ लाख ९३ हजार ९१० नेरु ग्रस कमाएको छ । यसका ६९ हजार ६६ वटा टिकट […]

Sun, 01 Feb 2026 06:32:54 +0000
दार्चुला : बडूले छाडेको मैदानमा ठगुन्नासँग भिड्दै नयाँ प्रतिद्वन्द्वी

दार्चुलामा २०६४ सालको संविधानसभा निर्वाचनबाहेक अधिकांश प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुँदै आएको छ ।

Sun, 01 Feb 2026 06:27:55 +0000
‘कुमारी’ को लाइभ म्युजिकल कन्सर्टमा झुम्यो मधुमल्ला बजार

दमक । प्रेम कथानक फिल्म ‘कुमारी’ ले मोरङको मधुमल्ला बजारमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ सम्पन्न गरेको छ । स्थानीय भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब २ हजार भन्दा धेरै दर्शकको सहभागी रहेको जनाइएको छ । कन्सर्टमा कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काले सुपरहिट गीत ‘डोको बुन्ने’ गीतमा लाइभ नृत्य प्रस्तुति दिँदा दर्शक पनि उनीहरूसँगै […]

Sun, 01 Feb 2026 06:24:36 +0000
दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन् : अध्यक्ष ढकाल

१८ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए । कुनै पनि दलका […]

Sun, 01 Feb 2026 06:21:36 +0000
दशौं अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा चक्रज्योति च्याम्पियन

१८ माघ, काठमाडौं । । ताइक्वान्दो आईटीएफ नेपालद्वारा आयोजित दशौं अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुरको चितपोलस्थित बास्केटबल हलमा आयोजित प्रतियोगितामा १७ विद्यालयका २०६ खेलाडी तथा अफिसियल सहभागी थिए। प्रतियोगितामा व्यक्तिगत तूल र व्यक्तिगत स्प्यारिङतर्फ गरी ४४ स्वर्ण, ४४ रजत र ८८ कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा १३ स्वर्ण, २ रजत […]

Sun, 01 Feb 2026 06:18:52 +0000
विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ : इप्पान अध्यक्ष कार्की

१८ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताए । दलहरुले […]

Sun, 01 Feb 2026 06:14:02 +0000
शतप्रतिशत जितसहित बंगलादेश बन्यो महिला टी-२० विश्वकप ग्लोबल छनोट च्याम्पियन

१८ माघ, काठमाडौं । बंगलादेशले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटभर शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको छ । आइतबार विहान भएको सुपर सिक्सको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । समूह चरणका चारवटै अनि सुपर सिक्समा ३ वटै खेल जित्दै बंगलादेश अपराजित रह्यो । नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बंगलादेशले २० बल […]

Sun, 01 Feb 2026 06:07:18 +0000
झिनो मतान्तरले हार-जित व्यहोर्ने कसैले मैदान छोडे, कोही प्रतिस्पर्धामै

गत चुनावमा करिब एक हजार मतको फरकमा हार–जित बेहोरेका ४६ उम्मेद्वारहरुमध्ये तीन टोली मात्रै अहिले प्रतिस्पर्धा गरिरहेका छन् । बाँकी ठाउँमध्ये उम्मेद्वार फेरिएर पुरानो प्रतिस्पर्धा नदोहोरिने निश्चित भएको छ ।

Sun, 01 Feb 2026 05:59:04 +0000
आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ९ एसोसिएट राष्ट्र

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ एसोसिएट राष्ट्रहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा इटलीले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ ।

Sun, 01 Feb 2026 05:51:48 +0000
पाल्पाका २९ मतदानस्थल अतिसंवेदनशील

१८ माघ, पाल्पा । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र नं २ मा ९ वटा अतिसंवेदनशील निर्वाचनस्थल रहेका छन् । क्षेत्र नं १ मा २४ […]

Sun, 01 Feb 2026 05:21:29 +0000
उच्च मूल्यबाट घट्यो सुन, कति पुग्यो तोलाको ?

१८ माघ, काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम छ । शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको […]

Sun, 01 Feb 2026 05:04:24 +0000
श्रीश भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

‘समय सूत्र’मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामहरूबारे वैज्ञानिक र दार्शनिक चिन्तन सहितको चर्चा छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तुहरू समावेश छन् ।

Sun, 01 Feb 2026 05:03:00 +0000
नारायणघाट–बुटवल सडकको पूर्वी खण्डका पुल निर्माण सम्पन्न

१८ माघ, नवलपुर (नवलपरासी) । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको […]

Sun, 01 Feb 2026 04:55:59 +0000
बैतडीः कांग्रेस-एमालेको भिडन्तमा टक्कर दिँदै पूर्व एमाले-कांग्रेस

रोचक के छ भने, एकातिर हाल नेकपाबाट उम्मेदवार परमानन्द भट्ट बैतडी एमालेका संस्थापक नेता हुन् । उनी एमालेबाटै पूर्व जिल्ला विकास समिति(जिविस) पनि भइसकेका नेता हुन् । अर्कातिर रास्वपाबाट उम्मेदवारी दिएका हरिमोहन भण्डारी कांग्रेसका पुराना नेता हुन् ।