• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
काँधमा बोकी हलो ( रबिन प्रधान "प्रतिक" )

Rabin Pradhan Pratik
काँधमा बोकी हलो र जुवा बेंशीमा झरौंला !
खेलेर हिलो बाउसे गर्दै रोपाई गरौंला !!

पिपिरी पात बजाई कन बिरही भाकामा !
गाउँदै गित ओराली झरी बिउ नि छरौंला !!

वर्षात हुँदा त्यो गैरी खेत बगायो बाढीले !
उर्लेर आए खहरे खोला मिलेर तरौंला !!

खडेरी पर्दा मुहान सुक्यो बगेन पिखुवा !
खनेर कुलो लगाई पानि त्यो खेत भरौंला !!

टालेको घर छाएको थिएँ पुरानो खरले !
पानीले भिज्दा चुहिए छानो बसाई सरौँला !!

के छ र लानु धर्तिमा हुँदा खुसीले खाउँला !
बाँडेर दु:ख जीवन सँगै बाचौंला मरौंला !!

मुटु चिर्ने खुकुरीको ( रत्न शमशेर थापा )

Ratna Samser Thapa
मुटु चिर्ने खुकुरीको, धार भेटेँ जता ततै ।
थेग्नै गाह्रो हुने गरि, मार भेटेँ जता ततै ।।

जिन्दगीमा निरन्तर लक्ष्य पुरा गर्छु भन्दा,
खुट्टा रोप्ने तिखा तिखा, तार भेटेँ जता ततै ।।

महान् मान्छे बन्नलाइ यात्रा सुरु गरेको त,
तारै तारले बेरिएको, बार भेटेँ जता ततै ।।

साहाराको खाचोँ पर्दा साथ छोडे आफन्तले,
मान्छे पनि पृथ्वीको, भार भेटे जता ततै ।।

कम्जोरीको मौका छोप्दै नियतिले ठगेपछि,
आफै भित्र लज्जास्पद हार भेटेँ जता ततै ।।

नेपालको झन्डा ( राज कंडेल "निरस" )

Raj Kandel Niras
नेपालको झन्डा , बोकेर अघी बढ !
विकाशको मन्त्र , घोकेर अघी बढ !

भ्रष्टाचारी हुन , उन्नतिका बाधक,
कालो कोठी भित्रै , झोंकेर अघी बढ !

नेताको खालमा , देश नै लुट्ने हरू ,
राष्ट्रघाती हुन , तोकेर अघी बढ !

मातृभूमि ताक्दा , दुष्मनको गोलीले ,
आफू पर्खाल भै , रोकेर अघी बढ !

नेपाली विर हो , झुक्दैन कैले शिर ,
गर्व साथ छाती , ठोकेर अघी बढ !


हजुरलाई कस्को गजल बढी मन पर्यो ?

Adblock test (Why?)