• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
म त घर भा'छु साथी, छाना उडेको
म त चंगा भा'छु साथी,डोरी चुडेको !!

यो हावाले जता लान्छ, उतै नै उड्छु
के गर्नु र! रै'छ साथी,कर्मै फुटेको !!

कस्ले देला गाँस ,वास अनि कपास
म वटुवा भा'छु साथी,झोला लुटेको !!

न त घामै छेक्न सक्ने,न वर्षा थेग्न
म त छाता भा'छु साथी,बिडै टुटेको !!

चौतर्फी उजाड वगर,मरुभूमी विचमा
म त भेडा भा'छु साथी,बथान छुटेको !!

म त घर भा'छु साथी, छाना उडेको
मा त चंगा भा'छु साथी,डोरी चुडेको !!

गजलकार
शमशेर लामा मोक्तान
पुरानगाँउ,रामेछाप
हाल साउदी अरब
चंगा भा'छु साथी,डोरी चुडेको ( Nepali Gajal By Shamsher Lama Moktan 

Adblock test (Why?)