• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
पुर्णिमाकी जुन हौ तिमी, आकाशमा भेट्नेछु
रेसुङ्गामा, पुग्छु जब, तम्घासमा भेट्नेछु

पानि पि'ने निहु गरी, आगनीमै पुग्छु म
ढाँटे छैन कसम तिम्रै, निवासमा भेट्नेछु

मुटु चोरीन आज मेरो, गुल्मेली ति नानीले
कल्पनामा तिमी नै छौ, बाहुपासमा भेट्नेछु

मेरी प्रिया फुल्केसरा, शुन्दरी निर्झरा
मन्द-मन्द पवन हौ, बतासमा भेट्नेछु

यो ढुक्ढुकी चलेकोछ, तिमी छौ र मात्र
हरेक पल मैले फेर्ने, प्रत्यक सासमा भेट्नेछु..!!

गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई

Adblock test (Why?)