• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
पुछिएको खाली सिउँदो,त्यो हातले भर्न सक्छौ ?
संकुचित भावनालाई,परिवर्तन गर्न सक्छौ ?

पापी हैन भवितव्य,पर्न सक्छ जो कोहिलाई
साच्चै भन मर्ने सगँ,तिमी पनि मर्न सक्छौ ?

अलछिनी कर्महारा, नभनन मन रुन्छ
सान्तवनाले मन सेक्दै,यो दु:खलाई हर्न सक्छौ ?

सधै भन्छौ ति आखाँबाट,अश्रु गगाँ नबगाउ न
भन तिमि यि हात थामी,समाज अघि पर्न सक्छौ ?

पुछिएको खाली सिउँदो,त्यो हातले भर्न सक्छौ ?
संकुचित भावनालाई,परिवर्तन गर्न सक्छौ ?

गजलकार
शान्ती अधिकारी
लमजुङ्ग नेपाल हाल नेपालगञ्ज

Adblock test (Why?)