• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
लेखेर बयान तिम्रो, म गरुँ कसरी
त्यो मायाको सागर, म तरुँ कसरी

रहर जाग्यो माया लाउने तिमी सित
त्यो पारीको देशतिर, म सरुँ कसरी

छिन्छ डोरी तर छिन्दैन प्रिय मायाजाल
ति तिम्रै माया जालमा, म परुँ कसरी

हामी दुवै मिली प्रीतिका गीत गाउँला
त्यो दिलमा प्रीतिका धुन, म भरुँ कसरी

आँटयो यो मनले तिमीलाई दिलैमा राख्न
तिम्रा ति कोमल तनमा, म चरुँ कसरी
त्यो मायाको सागर, म तरुँ कसरी

गजलकार
रोशन भट्ट
दोहा-कतार

Adblock test (Why?)