• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
जुधाउँछे आँखा आँखा बेग्लै परिवेशबाट
बोलाउँछे मलाई ऊ चाँदनीको देशबाट

हर रात ऊ आउँछे सुस्त सुस्त बोलाउँछे
सपनीमा सताउँछे नौलो नौलो भेषबाट

फुकाउँछे सुस्त सुस्त पवनमा जब चुल्ठी
फिजाउँछे सुवाश ऊ बादलु झै केशबाट

हिमाली ऊ हाम्रो बिच पहाड तगारो थियो
पठाउँथे म धेरै मायाँ तराई मधेशबाट

लिई गयौ मेरा सारा आकाशमा धेरै टाढा
दिन के नै सकुँला म बाँकी अवशेशबाट

गजलकार
सुर्य चेमजोङ्ग
धरान नेपाल ।

Adblock test (Why?)