• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
मलाई त तिम्रो बानी परेछ क्यारे
त्यसैले खुशी को आँशु झरेछ क्यारे

हाँस्दा बोल्दा थाहा पनी पाईन मैले
सुटुक्कै दिल तिमीमा सरेछ क्यारे

उर्लिदै छन् मन भीत्र तरंगित छाल
यो मन ले प्रेम गंगा तरेछ क्यारे

थियो खाली पाना सरी मेरो जिन्दगी
हर पाना तिम्रो नाम् ले भरेछ क्यारे

आज रोयो अचानक् यो पागल मन
तिम्लाई पाउने आशा मरेछ क्यारे

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल

Adblock test (Why?)