• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म
थोरै माया सम्झी देउ हजारौ चोट गन्दिन म
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !!

हिजो जो थियो बिर्सी देउ त्यसलाई हेर्नु हुन्न
मन्दिरको अटल मुर्त्ती झै कठोर बन्दिन म
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !!

दुनियाँ के भन्छ भन्न देउ कसैको भर हुन्न
अरौटे भरौटे कुरा मा पुरानो कुरा खन्दिन म
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !!

बुढो रुख झै बेसाहार झिनो भै सकेको छु
तिम्रो मायारुपी टेको लगाई देउ ढल्दिन म
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !!

दु:ख को बोझिलो भार शिर मा भए पनि
सधैं मायाको साथ पाए कहिल्यै गल्दिन म
हाम्रो माया ईतिहास मै लेखियोस भन्दिन म !!

गजलकार
किरण मेयोङ्बा "थाङ्ने कान्छा"
फिदिम पाँचथर हाल यू ए ई आबुधाबी

Adblock test (Why?)