• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
सायद यस्तै हुन्छ क्यारे मायामा
मुटुले मुटु छुन्छ क्यारे मायामा

मनको संगम मनै संग हुँदा
हजार सपना बुन्छ क्यारे मायामा

सुत्नै हुन्न सपनीमा आइहाल्छ
मनले बिन्ति सुन्छ क्यारे मायामा

टाढा भयोकी आँखा रसाई हाल्ने
आँशुले पिडा धुन्छ क्यारे मायामा

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

Adblock test (Why?)