• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

गुन्यु चोली फरीया त्यो कता फाल्यौ साईली
पुराना त्यी संस्कार पो कता हाल्यौ साईली ??

मिनी स्कर्ट जीन्स पायन्ट टिमिक्कै पो पारेर
जवानीका पाईलाहरु कता चाल्यौ साईली ??

हृष्ट पुष्ट गाला अनी उठेका ति वदन
झल्काएर मनै भित्र आगो बाल्यौ साईली ।।


आफ्नै भाषा संस्कृति नी बिर्सिए कि छौ क्यारे
नाकठाडे मिजास बोल्न थाल्यौ साईली ।।

फेशन भन्दै अङ्ग अङ्ग देखाएर आज लौ
मनै भरी कुरीती त्यो पाल्यौ साईली ।।

गजलकार 
पवन घर्ती मगर विवश 

गुल्मी हाडहाडे
Now in DubaiUnited Arab Emirates

Adblock test (Why?)