• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
भावनामा तिमीलाई तुन्छु कैलेकैले
कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले!!

कोइलीले गित गाऊछ एक्लै रनबन
संगसंगै मपनि त हुन्छु कैलेकैले!!

तिमी टाढा माया गाढा संधै हुन्छ किन
सम्झनामा मनमा कुरा बुन्छु कैलेकैले!!

साथी भनु सहयात्री जीन्दगीको तिमीलाई
यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले!!

क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो
त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले!!




गजलकार 
दिर्गराज गिरी 'प्रियसी'

कैलाली नेपाल
हिजो अचेल रुन्छु कैलेकैले !!



Adblock test (Why?)