• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

पहिला माया मिठो मिठो सुनाखरी फूल भयो
अहीले माया तितो तितो भुइँ पुछ्ने तूल  भयो

तिमी मलाई देख्यौ भने मुख फर्काइ हिड्छौ
वाचा टुटो कसम फुटो  बिझाँई रहने शुल भयो

सपनाको घर रित्तो बसन्तमा नटुसाउँने मुना
सुखा सुखा मरुभुमि अरु टेकी तर्ने पुल भयो

आउँछौं तिमी भनि मनको दियो जगाई सधैं
बाटोमा आँखा ओछ्याई कुर्नु मेरो भूल भयो

पहिला माया मिठो मिठो सुनाखरी फूल भयो
अहीले माया तितो तितो भुइँ पुछ्ने तूल भयो

गजलकार
गीता थापा “दोषी”
हाल ईजरायल

Adblock test (Why?)