• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
 अब त कि वार गर्ने,कि पार दिलदार गर्ने ।
सके त वार गर्ने,नत्र भने लम्पसार पर्ने

चित्त त दुःखेको छ,गिलास पनि फूल छ
रक्सिकै खोलो बगाई,त्यै खोलापार तर्ने ।

हिउँका छटा जमे,बलेसी डिलडिलमा
चिसो अझैं पुगेन भने,अब तुसार छर्ने ।


मायालूपन वेहोसी रे,को हो बेवकुफ त्यो
सके त मनन गर्ने,न सके प्रतिकार गर्ने ।

खुसियाली त काम लागेन,उपाय अर्को
के छ र विकल्पमा,अब त झंकार भर्ने ।

भित्तो भयो खालीखाली,रंगरोगन उजाड
मुटुको भल खोली,मृत्यु चित्रकार कोर्ने ।

किन हुने पराजयी,वेइमानीको चोटमा
बन्धन हदै भयो,बरु छोडी चित्कार मर्ने ।

गजलकार 
पूर्ण बन्धन 
कोपनहेगन डेनमार्क

Adblock test (Why?)