• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

सपना नदेखेको भए,कोही किन कहालिन्थे होला ।
रक्सी नबनाइएको भए के खाएर मात्तिन्थे होला ।

रक्सीको स्वाद पो कस्तो सितनका लागि चाहिने
माछा समात्ने जाल नभए केले समात्तिन्थे होला ।

भगवान त भगवाननै भए देवी देवता पनि छन् रे
भूत शब्दै नभएको भए किन कोही आतिन्थे होला ।

पैदल यात्री चक्का जाममा लफरक लफरक गर्छन
धत्तेरी नेपाल बन्द नभए केमा अतालिन्थे होला

काम काज भए पो गर्नु खै त कता ठाउँछ भन
टुंडीखेल पनि नभएको भए कहाँ बरालिन्थे होला ।

गजलकार
पूर्ण बन्धन
कोपनहेगन डेनमार्क

Adblock test (Why?)