• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

धर्ति घर आकास छानो घामले जल्छ
आखिर को त नेपाली नै नामले जल्छ

सोह्लुमा भारी बोक्ने कोशीमा गिट्टी ठोक्ने,
हातमुख जोड्नुनै गाह्रो मामले जल्छ

विदेशीन्छ युवाशक्ती फितलो राजनिती ,
भएरनै बेरोजगार कामले जल्छ

त्यै सर्वहारा हली भई जिवनभर,
ब्याजमाथी स्याज सदैव दामले जल्छ




झै- झगडामै नेपाल बन्द छाडातन्त्र ,
यस्तै राम रामले चक्का जामले जल्छ
 गजलकार 
Jane Tamu " Gyanendra "
Dhading - Nepal


Adblock test (Why?)