• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

चरीले गुड सारे जस्तै सारेर गयौ आज!!
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज!!

सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति,
फुल्न नदिई कोपीला मै झारेर गयौ आज!!

Weeping genius Defernex Louvre RF4455

जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम,
बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज!!

डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै,
बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज!!
पराईको घुम्टो ओढ्यौ कोमल मन तोड्यौ,
मीठो अतित मेरै लागी छाडेर गयौ आज!!

मायाको जालमा जीतेको ठान्यौ भएर अर्कैको,
प्रेमको युद्द नगरे रै हारेर गयौ आज!!


चरीले गुड सारे जस्तै ( Nepali Gajal )
बैरागी माईलो बिवश

गुल्मी हाडहाडे
Now in DubaiUnited Arab Emirates
  

Adblock test (Why?)