News
Fri, 19 Dec 2025 15:21:33 +0000
फागुन २१ मा निर्वाचन हुनैपर्छ : शेखर कोइराला

४ पुस, बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् । नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी […]

Fri, 19 Dec 2025 15:13:36 +0000
राजनीतिक रफ्तारमा एमालेका ‘मधेश कमान्डर’

महाधिवेशनले एमालेभित्र धेरै नेताहरूको राजनीतिक उचाईंलाई फेरबदल गरिदिएको छ । यसबीचमा रघुवीर महासेठले छानीछानी कदम चाले, अप्ठ्यारालाई अनुकूलतामा बदले र, मधेश प्रदेशबाट पार्टीको माथिल्लो तहमा आफूलाई सुरक्षित राख्दै शक्ति आर्जन गर्न सफल देखिए ।

Fri, 19 Dec 2025 15:11:29 +0000
इन्द्रलाल सापकोटा : युवा संघ अध्यक्षमा महेश बस्नेतसँग हारेका थिए, अहिले सचिव गुमाए

अहिले एमाले सचिवमा पराजित भएका इन्द्रलाल २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा पराजित भएका थिए ।

Fri, 19 Dec 2025 15:10:14 +0000
‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’

सल्लाघारीमा भएकोभन्दा ठूलो भिड देखाउन एआईको सहारा लिएको एमालेले भृकुटीमण्डपमा भएकै भिड सम्हाल्न भोलेन्टियर फोर्सको आड लिनुपर्‍यो । जेनजी आन्दोलनपछि पार्टी रिफर्म खोजेका जनतालाई एमालेले आफूहरूलाई यथास्थिति नै ठीक छ भन्ने सन्देश दिएको छ ।

Fri, 19 Dec 2025 15:05:45 +0000
४३ करोड गडबडी : सस्तो बिजुलीको म्याद गुजार्न कुलमानले सारे प्राधिकरण बोर्ड बैठक

आफैंले सम्झौताको दरभन्दा निकै सस्तोमा विद्युत् बिक्री गर्ने एनभीभीएनको प्रस्ताव पनि निर्णयार्थ एजेन्डाका रूपमा प्राधिकरणले राखेर पठाएपछि मन्त्री घिसिङले बोर्ड बैठक नै सारिदिएका हुन् ।

Fri, 19 Dec 2025 15:04:46 +0000
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत

सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख‍ प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन् ।

Fri, 19 Dec 2025 15:02:08 +0000
सहकारी पीडित ३८ हजारले बचत फिर्ता पाउने 

सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन् । 

Fri, 19 Dec 2025 15:01:30 +0000
रास्वपाको केन्द्रीय समितिबाट समानुपातिकको उम्मेदवार बन्ने आकांक्षी को-को ?

रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार हुनका लागि ३५३ जनाले आवेदन दिएका छन् । सबैभन्दा बढी बागमती र कम कर्णालीबाट आवेदन परेको छ । केन्द्रीय समितिका १५ नेता समानुपातिक उम्मेदवारको आकांक्षी छन् ।

Fri, 19 Dec 2025 15:00:53 +0000
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ

‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने ।

Fri, 19 Dec 2025 14:59:36 +0000
सांसद बन्न सहकारीलाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव

४ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहेने भनेर प्रस्ताव गरिएको छ । जस अन्तर्गत भनिएको छ, ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित […]

Fri, 19 Dec 2025 14:59:07 +0000
धुरन्धर चोर, जसबाट चोरिए २१ सहकारी

दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने दीपकको शैली हो । चोरीपछि काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी बताउँछ ।

Fri, 19 Dec 2025 14:58:23 +0000
भारत, पाकिस्तान र सार्क

सार्क ४० वर्षको लाठे भइसक्यो, तर यहाँ दक्षिणएशियामा क्षेत्रीय सहकार्यको सपना अझै पनि अपूरो छ । छिमेक सम्बन्धका उतारचढाव र कूटनीतिक नोकझोकलाई आर्थिक एजेन्डाले प्रतिस्थापित गर्ने हो भने अझै पनि सार्क सान्दर्भिक बनिरहन सक्छ ।

Fri, 19 Dec 2025 14:57:52 +0000
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज

४ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन् । नवनियुक्त श्रममन्त्री भण्डारीले आज मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि कात्तिक ३० गतेको निर्णय खारेज गरेका हुन् । श्रम मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय पुर्‍याउने निर्णय कार्यान्वयनका लागि व्यवसायीहरूलाई […]

Fri, 19 Dec 2025 14:55:45 +0000
एक अनाथ, जो यौनकर्मी हुँदै कसरी उदाहरणीय पात्र बने ?

बिहान पढाइ दिउँसो एउटा संस्थामा जागिर, बेलुका ६ बजेदेखि यौनकर्मीका रूपमा सडकमा । कुर्ता–सुरुवाल लगाएर महिलाजस्तै सजिएर निस्क‍ँन्थे ।

Fri, 19 Dec 2025 14:44:27 +0000
आइतबार दोस्रो ‘विश्व ध्यान दिवस’ मनाइँदै

४ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिने भएको छ । दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा बोधिसत्त्व स्वामी आनन्द अरुणले दोस्रो विश्व ध्यान दिवस मनाउन लागेको बताए । गत वर्षको डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा […]

Fri, 19 Dec 2025 14:44:11 +0000
मन्त्री फेरिँदा समस्याग्रस्त सहकारी समिति कार्यालयको काम ठप्प

४ पुस, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा अहिले सेवा ठप्प छ । समितिका पदाधिकारीलाई स्पष्टीकरण सोधिएपछि फेरि मन्त्री परिवर्तन भएपछि कार्यालयमा कुनै पनि काम हुन नसकेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व अनिल सिन्हालाई रहेका बेला समितिका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको थियो । सरकारले मन्त्री थप गर्ने क्रममा उक्त मन्त्रालयको […]

Fri, 19 Dec 2025 14:41:04 +0000
विदेशिने विद्यार्थीलाई सरकारले भन्यो- शैक्षिक संस्थाको र्‍याङकिङ र आधिकारिकता हेरेर मात्रै जानू

४ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँदा र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र जान विद्यार्थीलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरेर विदेशी विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थी ठगिएको गुनासो आएपछि र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिएर अध्ययनमा जान अनुरोध गरेको हो । ‘विदेशमा […]

Fri, 19 Dec 2025 14:35:10 +0000
रविमाथि प्रतिशोध साधिएको हो : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साधिएको बताएका छन् ।

Fri, 19 Dec 2025 14:27:27 +0000
‘अब एमालेमा विद्या भण्डारीको सम्भावना कम देख्छु’

एमालेभित्र केही न केही दरार देखियो, ग्रुपिजम देखियो । तर मैले विद्या भण्डारीको सम्भावना कम देख्छु अब ।

Fri, 19 Dec 2025 14:00:39 +0000
धितोपत्रको झुटो कारोबार र मूल्य प्रभावित कसुरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको हो ।

Fri, 19 Dec 2025 13:44:30 +0000
अश्लील अभिव्यक्ति सार्वजनिक हुँदा चौतारी अध्यक्ष पाण्डे विवादमा

विशेषगरी महिला नेताहरूले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएका छन् ।

Fri, 19 Dec 2025 13:36:20 +0000
धर्मको अपमान गरेको आरोपमा बंगलादेशमा कुटीकुटी हिन्दू युवकको हत्या

४ पुस, काठमाडौं । बंगलादेशमा धर्मको अपमान गरेको आरोपमा कुटीकुटी एक हिन्दू युवकको हत्या भएको छ । बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले कुटीकुटी युवकको हत्या गरेको हो । बिहीबार राति ९ बजेतिर भालुका उपजिल्लाको दुबालिया पाडामा उक्त घटना भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी बांग्लाले जनाएको छ । भालुका प्रहरी चौकीका […]

Fri, 19 Dec 2025 13:32:49 +0000
‘अस्थिर राजनीतिले सार्वजनिक खर्च प्रणाली प्रभावित’

उद्योगमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तरमाथि गम्भीर प्रश्न रहेको बताए ।

Fri, 19 Dec 2025 13:29:03 +0000
६० सहसचिवको सरुवा (सूचीसहित)

नेपाल सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको सरुवा गरेको हो । 

Fri, 19 Dec 2025 13:16:16 +0000
निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षणमा शहरी विकास मन्त्री

४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी हल निर्माण कार्य सुस्त भएको पाइएपछि निर्माणाधीन हलको निरीक्षण गरेका हुन् । हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटी […]

Fri, 19 Dec 2025 13:11:30 +0000
भारतले पानीलाई हतियार बनाएको पाकिस्तानको आरोप

४ पुस, इस्लामाबाद । पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको सिन्धु जल सन्धिको उल्लङ्घन गरेको र यसले क्षेत्रीय शान्ति तथा स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको बताए । पाकिस्तानको […]

Fri, 19 Dec 2025 13:08:39 +0000
क्यान्सर उपचारमा इम्युनोथेरापी : चुनौतीबीच नयाँ आशा

डिसेम्बर १० देखि १२ मा लण्डनमा भएको ‘ ईएसएमओ इम्यूनो–अंन्कोलोजी २०२५’ मा सहभागी हुने अवसर मेरा लागि अत्यन्त सिकाइपूर्ण र प्रेरणादायी रह्यो । यो सम्मेलन इम्युनो–अन्कोलोजी क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ विश्वका विभिन्न देशका क्यान्सर विशेषज्ञहरूले इम्युनोथेरापीका नवीनतम अनुसन्धान, क्लिनिकल ट्रायलहरू र व्यावहारि प्रयोगबारे छलफल गरे । विश्वका विशेषज्ञहरूसँग भेटघाट, अनुभव आदान–प्रदान र क्यान्सर […]

Fri, 19 Dec 2025 12:48:36 +0000
संग्रहालयको प्रदर्शनीमा छोराको शव देखेपछि…

अमेरिकामा मानिसहरूका शवको प्रदर्शनी गर्ने एक अनौठो संग्रहालय विवादमा परेको छ । संग्राहलय हेर्न गएको टेक्सासकी ५४ वर्षीया किम एरिक नामक महिलाले त्यहाँ राखिएको एउटा शव आफ्नै छोराको भएको दाबी गरेसँगै उक्त संग्रहालय चर्चामा आएको छ । संग्रहालयको ‘रियल बडीज’ नामक उक्त प्रदर्शनी लास भेगासमा हालै आयोजना भएको थियो । त्यहाँ वर्षौंसम्म संरक्षित मानव शवहरू […]

Fri, 19 Dec 2025 12:28:23 +0000
अध्ययनको निष्कर्ष : स्ट्रोकमा जैविक घडीको विशेष भूमिका, बिहान हुन्छ धेरै घटना

विश्वभर लाखौँ मानिसलाई दीर्घ अपांगता बनाउने र मृत्युको जोखिममा पार्ने स्ट्रोक अर्थात मस्तिष्कघात हुनुमा जैविक घडीको विशेष भूमिका हुने अध्ययनले देखाएको छ । नेपाली चिकित्सकको नेतृत्वमा चीनमा गरिएको अध्ययनले स्ट्रोक र जैविक घडीको सम्बन्धलाई केलाएको छ । न्युरोलोजिस्ट-वैज्ञानिक डा. विवेक सिंहको नेतृत्वमा चीनको शाङ्घाई इस्ट हस्पिटलमा केन्द्रित रहेर यो अध्ययन गरिएको डा. सिंहले जानकारी दिए […]

Fri, 19 Dec 2025 12:27:20 +0000
रुपन्देहीबाट चितवन फर्किए लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन् । 

Fri, 19 Dec 2025 12:25:57 +0000
रिहा भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

Fri, 19 Dec 2025 12:11:16 +0000
रवि लामिछाने अदालत उपस्थित 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् ।

Fri, 19 Dec 2025 12:05:03 +0000
अर्थ मन्त्रालयले भन्यो- सञ्चय कोषको भुक्तानी लिन बाँकी हिसाब मिलाउनू

अर्थले आफू मातहत निकाय वा अन्य सरकारी निकायबाट कोषकट्टी गरिरहेका सबैलाई यस्तो अनुरोध गरेको हो ।

Fri, 19 Dec 2025 12:01:06 +0000
साफ महिला क्लब च्याम्पियनसिप : फाइनलका लागि एपीएफ र इस्ट बंगाल तयार

४ पुस, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलका लागि एपीएफ र इस्ट बंगाल तयार देखिएका छन् । शुक्रबार आयोजित प्रि‍-म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका हुन् । फाइनल खेल शनिबार साँझ ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । एपीएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि तयार […]

Fri, 19 Dec 2025 11:58:42 +0000
निर्वाचित सांसदहरूको सम्पत्ति विवरण निर्वाचन आयोगले नै सार्वजनिक गरिदिने प्रस्ताव

निर्वाचित सांसदहरूको सम्पत्ति विवरण निर्वाचन आयोगले आफैँ सार्वजनिक गरिदिने प्रस्ताव गरिएको छ ।

Fri, 19 Dec 2025 11:46:08 +0000
सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रबर्द्धनको सहकार्य

पुस ४, काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलुमा आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोसल बिजनेस (एनएसबी)सँग सहकार्य गरेको छ । नेपाल सोसल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस […]

Fri, 19 Dec 2025 11:42:55 +0000
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी

४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिस अनुसार शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन् । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न बिहीबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त […]

Fri, 19 Dec 2025 11:38:00 +0000
नागरिक उड्डयन प्राधिकरण निमित्त महानिर्देशकमा कर्ण

पर्यटनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका हुन् ।

Fri, 19 Dec 2025 11:32:29 +0000
श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

४ पुस, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । यसअघि यो मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आइरहेकी थिइन् ।

Fri, 19 Dec 2025 11:19:33 +0000
भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन रोक्ने प्रस्ताव

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहने भनेर प्रस्ताव गरिएको छ ।

Fri, 19 Dec 2025 11:11:35 +0000
१६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

४ पुस, काठमाडौं । निर्वाचन आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको छ । प्रयोगमा नरहेका ९३ वटा खारेज गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको आयोगले जनाएको छ । जसअनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू […]

Fri, 19 Dec 2025 11:09:26 +0000
१५औं महाधिवेशनमा सहमहामन्त्रीमा लड्छु : सुनिल शर्मा

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।

Fri, 19 Dec 2025 11:08:53 +0000
गुरुराज घिमिरेको प्रस्ताव : वडा र क्षेत्रको अधिवेशन सकेर सिधै महाधिवेशन गरौँ

उनले २६ देखि २८ पुसमा १५ औं महाधिवेशन गर्नका लागि समयको चाप भएको हुँदा तल्लो तहमा दुई तहको अधिवेशन गरेर सिधै केन्द्रको गर्न सकिने विकल्प रहेको बताए ।

Fri, 19 Dec 2025 11:00:39 +0000
रास्वपाले भन्यो : सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ ।

Fri, 19 Dec 2025 10:50:45 +0000
एप्पलको छलाङ, १४ वर्षपछि पुन: नम्बर वान बन्ने

विश्वका दुई ठूला स्मार्टफोन ब्रान्ड सामसुङ र एपलबीच वर्षौंयता नम्बर–वान को बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । पछिल्ला वर्षहरूमा यो दौडमा सामसुङ अग्रस्थानमा रहँदै आएको भए पनि नयाँ तथ्याङ्कले चाहिँ २०२५ मा चित्र बदलिन सक्ने संकेत गरेको छ । ताजा बजार अनुसन्धानले विश्व स्मार्टफोन बजारमा एपल पहिलो स्थानमा उक्लिने सम्भावना बलियो देखाएको छ । काउन्टरप्वाइन्ट […]

Fri, 19 Dec 2025 10:48:46 +0000
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।

Fri, 19 Dec 2025 10:46:58 +0000
कञ्चनपुर कारागारमा तनाव

४ पुस, काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो । तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले […]

Fri, 19 Dec 2025 10:46:35 +0000
पार्टीलाई राष्ट्रिय शक्ति बनाउने संकल्प असाधारण नीति हो : ओली

४ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्तिको रुपमा पार्टीलाई रुपान्तरण गर्नु अहिलेको र्कानीतिक गन्तव्य भएको बताएका छन् । नवनिर्वाचित केन्न्द्रीय कमिटीको पहिलो बैकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ओलीले महाधिवेशनबाट राष्ट्रिय निर्णायक शक्तिका रुपमा एमालेलाई अघि सार्ने संकल्प दोहोर्‍याएको भन्दै यसलाई लिएर गाउँ टोलमा पुग्न केन्द्रीय कमिटीका […]

Fri, 19 Dec 2025 10:38:54 +0000
लिडरसिप फोरममा रास्वपाले मनोनीत गर्‍यो १७ नेतालाई

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।

Fri, 19 Dec 2025 10:33:53 +0000
बङ्गलादेशको सञ्चारमाध्यम भवनमा आगजनी : २५ जना पत्रकारको उद्धार

४ पुस, ढाका । ढाकाको कावरान बजार स्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापामारी आगो लगाउँदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ । बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले […]

Fri, 19 Dec 2025 10:27:38 +0000
रुपन्देहीमा युवकको हत्या आशंका

रुपन्देहीमा १७ वर्षीय युवाको शव फेला परेको छ ।

Fri, 19 Dec 2025 10:21:24 +0000
एमालेले संशोधित विधान एक साताभित्र प्रकाशन गर्ने

४ पुस, काठमाडौं । नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ । दोस्रो पिवधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् । जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ । ‘पार्टीको दोस्रो विधान […]

Fri, 19 Dec 2025 10:08:36 +0000
केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

४ पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ । […]

Fri, 19 Dec 2025 09:58:15 +0000
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

४ पुस, काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् । उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका […]

Fri, 19 Dec 2025 09:57:13 +0000
एमालेमा गुट सकियो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् ।