पंचतन्त्र कथाप्रथम तन्त्रः मित्र भेद कथा सूची एउटा गाउँमा जंगलको छेउमा ज्यामीहरूले घर बनाउन काठ चिर्दै थिए । उनीहले फलेक चिर्दाचिर्दै त्यत्तिकै छाडेर खाजा खान गाउँमा गएको बेलामा बनबाट एक हुल बाँदर त्यहाँ आइपुगे । उनीहरूले सिकर्मीहरूले छाडेका औजार चलाउन थले । एउटा उपद्र्याहा बाँदर चिर्दै गरेको फलेकमाथि चढ्यो । त्यो फलेकको बीचमा आरा चलाउन सजिलो होस भनेर काठको किला अडकाइएको थियो । उपद्र्याहा बाँदरले फलेकको चिरेको भागमाथि बसेर काठको किला झिक्न खोज्यो । उसको पुच्छर र अण्डकोश फलेकको बीचमा झुण्डिएको थियो । किला झिक्ने सुरमा उसले त्यो कुराको बिचारै गरेन । उसले निक्कै बल लाएर किला झिक्यो । किला निस्कने बित्तिकै फट्टिएको फलेक आपसमा जोडियो । फलस्वरूप बाँदरको पुच्छर र अण्डकोश च्यापियो । बिचरा उपद्र्याहा बाँदर पीडाले छट्पटाउँदै मर्यो । भोकाएको स्याल बनमा खानेकुरा खोज्दै घुम्दै थियो । बनको एउटा रुखमा कसैले ढोलक झुण्ड्याएको रहेछ । हावा चल्दा रुखको हाँगाले गालेर ढोलक बेलाबेलामा बज्ने रहेछ । रुखमाथि झुण्डिएको ढोलकबाट ठूलो आवाज आएको सुनेर स्याल डरायो । उसले ढोलकको आवाजलाई कुनै डरलाग्दो जन्तु कराएको ठान्यो । ऊ त्यहाँबाट भाग्न खोज्यो । तर उसलाई त्यो जन्तुलाई हेर्न र त्यसको बल जान्न मन लाग्यो । स्याल डराईडराई रुखको नजिकै गयो । उसले रुखमा एउटा मोटो जन्तु झुण्डिएको देख्यो । उसलाई त्यो जन्तु कुनै खतरनाक जन्तुजस्तो लागेन । ऊ रुख चढ्यो र ढोलकको नजिकै गयो । उसले ढोलकको आकारको त्यो जन्तुलाई मारेर उसको मासु खाने बिचार गर्यो । उसले ढोलकको छालामा दाँत गाड्यो । छाला निक्कै साह्रो भएकोले उसको दुइटा दांत भाँचियो । तै पनि त्यसभित्र थुप्रै मासु र बोसो होला भन्ने अनुमान गर्दै स्यालले ढोलकभित्र टाउको पसाल्यो । तर ढोलकभित्र खाली देखेर बिचरा स्याल निराश भयो । बल्ल त्यो स्यालले ढोलकको पोल थाहा पायो । एउटा बनमा ठूलो बरको बोट थियो । बरको रुख धेरै बूढो भइसकेको थियो । रुखमा धेरै टोडकाहरू थिए । माथिको एउटा टोडकोमा कौवा र कौवीको जोडी बस्थे भने सबैभन्दा तलको टोडकोमा एउटा कालो डरलाग्दो सर्प बस्थ्यो । कालो सर्पले कौवाकौवीका चल्लाहरू मारेर खान्थ्यो । सर्पबाट आफ्ना चल्ला जोगाउन उनीहरूले त्यो रुख नै छाडेर अन्तै बस्न जाने सल्लाह पनि गर्न थाले । एक दिन एउटा स्याल बरको बोटमुनि आएको बेलामा कौवाकौवीले आफ्नो दुःख स्याललाई सुनाए । स्यालले उनीहरूलाई बलियो शत्रुलाई बलले होइन बुद्धिले सखाप पार्नुपछ भन्दै सर्पलाई मार्ने उपाय सिकाइदियो । स्यालले सिकाएअनुसार भोलि पल्ट बिहान कौवा उडेर राजाको दरबारमा गयो । ऊ सोझै रानीको कोठामा पस्यो । कोठाको भित्तामा रानीले लाउने हीराका मालाहरू झुण्ड्याएका थिए । कौवाले एउटा माला लिएर बाहिर निस्क्यो । रानीको हीराको माला कौवाले चोरेर लगेको देखेर दरबारका सिपाहीहर कौवाको पछिपछि लागे । कौवा बिस्तारै उड्दै आफू बस्ने बरको बोटमा पुग्यो । सिपाहीहरू आइपुगेको देखेपछि कौवाले त्यो हीराको माला लगेर सर्पको टोडकोको मुखैमा लगर राखिदियो । हिराको माला देखेर सर्प बाहिर निस्क्यो । त्यही बेला सिपाहीहरूले दुष्ट सर्पलाई लौरोले हिर्काएर मारे । त्यस दिनदेखि कौवा र कौवीको जोडी धेरै सन्तान हुर्काउँदै धरै वर्षसम्म त्यो बरको बोटमा आन्दसँग बसे । एउटा बनको माझमा ठूलो तलाउ थियो । तलाउमा धेरै माछा, भ्यागुता, गंगटा र विभिन्न जीवहरू बस्थे । एउटा बकुला दिनदिनै तलाउमा माछा खान आउँथ्यो । त्यो बकुला बूढो भएकोले माछा समात्न नसक्ने भएको थियो । धेरै दिनसम्म माछा समात्न नसकेपछि बकुला भोकले आत्तिन थाल्यो । उसले पेट भर्ने एउटा सजिलो उपाय निकाल्यो । बकुला तलाउको पानीमा उभिएर माछा र गंगटाहरूलाई हेर्दै रुन थाल्यो । बकुला रोएको देखेर पानीमा बस्ने गंगटा उसको नजिक गयो र सोध्यो, मामा ज्ञ किन माछा मार्न छोडेर तपाईँ किन रुनुभएको ? बकुलाले भन्यो, भांजा, मलाई यो तलाउमा बस्ने माछा र अरू जीवजन्तुको भिवष्य थाहा पाएर बडो विरक्त लागेको छ । यसैले आजभोलि मलाई केही पनि खान मन लाग्दैन । के कारणले यस्तो पीर पर्यो मामा ? गंगटाले साध्यो । बकुलाले लामो सास फेर्दै भन्यो, के भनुँ भांजा, केही दिन भयो ज्योतिषहरूको कुरा सुने देखि मलाई राम्री निँद पनि लागेको छैन । म जन्मेको, हुर्केको, खेलेको, खाएको यो सुन्दर तलाउ सुक्दैछ भन्ने कुरा कसरी पत्याउने ? गंगटाले आत्तिँदै सोध्यो, के भनेर मामा ती ज्योतिषीले ? उनीहरूले लामो खडेरीको कुरा गरे । बाह्र वर्षसम्म पृथ्वीमा एक थोपा पानी पर्दैन रे । त्यसो भयो भने यो तलाउ सुकिहाल्छ । अनि यहाँका जीवहरूको के बिजोग हुने होला ? यही पीरले गर्दा म केही नखाई बसेको छु । यसको केही उपाय छैन मामा ? गंगटाले सोध्यो । बकुलाले भन्यो, खै के उपाय होला र भांजा ! तर मैले सुने अनुसार छिमेकका सानासाना तलाउमा बस्ने जलचरहरू ठूलाठूला तालहरूमा बसाइ सर्दै छन् रे ज्ञ अलि पर एउटा ठूलो ताल छ । त्यो ताल यति ठूलो छ कि बाह्र वर्ष त के चौबिस वर्ष खडेरी परे पनि त्यसको पानी सुक्दैन । वरिपरि पोखरीमा बस्ने हिँड्न र घस्रनसक्ने जलचरहरू आफै त्यतातिर जाँदै छन् । तर यो तलाउमा बस्ने जचलरहरूलाई केही थाहा नभएर होकि चानोमानो लाएर बसेको देख्छु । बकुलाको कुरा सुनेर गंगटा आत्तियो । उसले भन्यो, मामा, त्यसो भए म पनि त्यहाँ जान्छु । मलाई बाटो देखाइदिनुस् । बकुलाले हाँस्दै भन्यो, भांजा त्यहाँ जान सजिलो छैन । त्यो तलाउमा तिमी हिँडेर पुग्नसक्तैनौ । तिमी मेरो पिठ्युँमा बस्यौ भने म उडेर तिमीलाई त्यो तालमा पुर्याइदिन सक्छु । बकुला र गंगटाको कुराकानी वरिपरिका माछा र अरू जलचरहरूले पनि सुनिरहेका थिए । उनीहरू पनि सकेसम्म चाँडो त्यो तलाउ छाडेर बकुलाले भनेको ठुलो तालमा जान चाहन्थे । यसैल उनीहरू सबैले मामा, पहिले मलाई लैजानुस् भनेर जिद्दी गर्न थाले । बकुलाले यस्तै मौका खोजिरहेको थियो । उसले पालैपालो एकएक वटा माछालाई ठूलो तालमा लैजान्छु भन्दै आफ्नो पिठ्युँमाथि राख्थ्यो र त्यहाँबाट उडाएर अलि पर एउटा ठुलो ढुंगामाथि लगेर मारेर खान्थ्यो । यसरी त्यो छली बकुलाले आरामसँग माछा खाँदै धेरै दिन बितायो । एक दिन गंगटाले बकुलासँग गुनासो गर्यो, मामा, तपाईँले सबैभन्दा पहिले मलाई ठूलो तालमा लैजान्छु भन्न् भएको थियो । तर अझै मेरो पालो आएन । किन ममाथि यस्तो अन्याय गर्नु भएको ? दिनदिनै माछा खाँदाखाँदा बकुला वाक्क पनि भइसकेको थियो । यसैले उसले आज त्यही गंगटा खाने बिचार गर्यो र भन्यो, ओहो भांजा मैले त तिमीलाई लैजानै बिर्सेछु । लौ आऊ । आज तिमीलाई त्यहाँ पुर्याइदिन्छु । त्यसपछि गंगटा बकुलाको पिठ्युँमाथि बस्यो । बकुला उडेर माथि पुगेपछि गंगटाले सोध्यो, मामा त्यो ठुलो ताल कति टाढा छ होला ? दुष्ट बकुलाले भन्यो, सुन् गंगटा । अब त्यो तालको कुरा बिर्स र तिम्रा बाआमालाई सम्झ । अरू माछाको जस्तै तिम्रो पनि काल आयो । अब म तिमीलाई पनि त्यो पर देखिने ढुंगामाथि लगेर मार्छु र पेट भर्छु । गंगटाले केही पर ढुंगामाथि माछाका हाड र काँढाको थुप्रो देख्यो । बकुलाले कुरा गर्दैथियो । उसको कुरा सुन्दासुन्दै गंगटाले आफ्ना धारिला पंजाले बकुराको कमलो घाँटी अँठ्याएर दुई टुक्रा पारिदियो । मरेको बकुलाको टाउको सहितको घाँटी बिस्तारै घिसार्दै गंगटा तलाउमा आइपुग्यो । उसले माछा र अरू जलचरहरूलाई दुष्ट बकुलाले कसरी छल गरेर आफ्नो पेट भर्थ्यो भन्ने कुरा सुनायो । छली बकुलालाई मारेकोमा सबै जलचरले गंगटालाई धन्यवाद दिए । एउटा बनमा एउटा सिंह बस्थ्यो । उसले दिनदिनै बनका पशुहरू मार्थ्यो । उसले आफूलाई पेट भर्नका लागि चाहिनेभन्दा धेरै जानवरहरूलाई मार्थ्यो । सिंहले बनमा यस्तो त्रास र आतंक फैलाएको थियो कि बनका पशुहरू आहारा खोज्न जान पनि सक्तैनथे । एक दिन बनका सबै जानवरहरू भेला भएर सल्लाह गरे । सिंहले जथाभावी बनका पशुहरूलाई नमारोस् भनेर उनीहरूले सिंहलाई दिनको एउटा जानवर दिने निधो गरे । यो कुरा उनीहरूले सिंहलाई भने । सिंहले पनि मेहनत नगरीकन बसीबसी खान पाइन्छ भने बेसै भयो भन्ने बिचारले पशुहरूको कुरा मंजुर गर्यो । पशुहरूले पनि दिनको एउटा पशु आफै सिंहको गुफामा जाने कबुल गरेर कुन दिन कसको पाले भनेर पालो बाँधे । नियम र पालोअनुसार काम भइरहेको थियो । एक दिन एउटा खरायोको पालो आयो । तर उसलाई मर्न कत्ति पनि मन थिएन । यसैले ऊ सिंहको गुफातिर नगइकन यताउता बनमा घुम्न थाल्यो । घुम्दाघुम्दै उसले बनमा एउटा गहिरो इनार देख्यो । उसले इनार भित्र चियायो । इनारको पानीमा उसले आफ्नो प्रतिबिम्ब देख्यो । इनारको पानीभित्र आफूलाई देखेर खरायोको मनमा एउटा बिचार आयो । खरायो त्यहाँबाट सोझै सिंहको गुफामा गयो । सिंह भोकाएको थियो । सानो खरायो लाई देखेर उसलाई साह्रै रिस उठ्यो । खरायोलाई देख्ने बित्तिकै उसले बनै थर्काउने गरी उसलाई हप्कायो, "एक त तँ यति सानो छस् । पेट भर्न पनि पुग्दैन त्यसमाथि यति अबेर गरेर किन आइस् ? अब तँलाई मारेपछि यो बनका सारा पशुहरूलाई मारेर सखापा पार्छु ।" रिसाएको सिंहको अगाडि बडो विनम्र भएर टाउको निउराएर ढोग्दै खरायोले बिन्ती गर्यो, "महाराज, रिसानी माफ होस् । मसँग नरिसाउनुहोस् । मलाई मार्नुभन्दा पहिले मेरो कुरा सुन्नुहोस् महाराज ।" सिंहले अलि नरम हुँदै भन्यो, "जेजे भन्नुछ भनिहाल् । मेरो भोकको ज्वालाले यो बन सखाप हुनुभन्दा पहिले आफ्नो कुरा सुनाइहाल् ।" खरायोले हात जोडेर भन्न थाल्यो, "महाराज, म सानो छु भन्ने बुझेर नै आज बनका पशुहरूले मसँग अरु चार वटा खरायो महाराजको भोजनका लागि पठाएका थिए । तर बाटामा आउँदा अर्को सिंहले हामीलाई रोक्यो । हामीले हाम्रा महराजकहाँ जाँदैछौँ भनेर उसलाई भन्यौँ। तर हाम्रो कुरा सुनेर ऊ बेस्सरी करायो । उसले यो बनमा म बाहेक अरु कोही राजा छैन । अरु कसैले आफूलाई राजा हुँ भन्छ भने उसलाई मसँग लडन बोला भनेर भन्यो । अनि मेरा चार साथीहरूलाई आफैसँग राखेर मलाई हजूरकहाँ जाहेर गर्न पठायो ।" खारायोको कुरा सुनेर सिंह बेस्सरी रिसायो । उसले आँखा राताराता पार्दै भन्यो, "मलाई देखा, कहाँ छ त्यो दुष्ट सिंह । उसलाई नमारी आज म पानी पनि खान्न ।" अनि खरायोले भन्यो, "बिल्कुलै मनासिब मर्जी भयो महाराज । आफ्नो इज्जतको लागि त बुद्धिमानहरूले सबै कुरा त्याग्छन् । भोजन त के कुरा हो र ! महाराजलाई म त्यो दुष्ट सिंह बसेको गुफा देखाउँछु । मसँग सवारी होस् महाराज ।" त्यसपछि त्यो सिंह खरायोको पछिपछि लाग्यो । इनारनेर आइपुगेपछि खरायोले भन्यो, "त्यो दुष्ट सिंह अहिले आफ्नो किल्लाभित्र लुकेजस्तो छ । किल्लाभित्र बसेको शत्रु दुई गुना बलियो हुन्छ भन्छन् महाराज । यसैले बुद्धि पुर्याएर युद्ध गर्नुहोला ।" सिंहले हतारिँदै भन्यो, "त्यो कुराको चिन्ता लिनु पर्दैन । कहाँ छ त्यो दुष्ट । मलाई देखा । त्यसलाई कस्तो सजाय दिने भन्ने मैले जानेको छु ।" त्यसपछि रिसले चूर भएको सिंहलाई खरायोले इनारको डिलमा लग्यो र इनारभित्र हेर्दै उसले भन्यो, "महाराज सवारी भएको थाहा पाएर त्यो दुष्ट सिंह यहाँभित्र लुकेको छ । नजर होस् । महाराज ।" क्रोधी सिंहले इनारको डिलमा चढेर भित्र चियायो । नभन्दै उसले इनार भित्र आफूजस्तै अर्को सिँहलाई देख्यो । भित्र लुकेको सिंहलाई हाँक दिँदै त्यो सिंह ठूलो स्वरले गर्ज्यो । उसको गर्जन प्रतिध्वनित भएर भित्रबाट झन ठूलो गर्जन सुनियो । सिंहले रिसले आँखा देखेन । ऊ इनारभित्रको सिंहलाई आक्रमण गर्नका लागि इनारभित्र फालहाल्यो । अनि इनारको गहिरो पानीमा डुबेर सिंह मर्यो । यसरी आफ्नो बुद्धिले सानो खरायोले बलियो सिंहलाई मार्नसक्यो र बनका जानवरहरूलाई कालबाट जोगायो । यसैले बलभन्दा बुद्धि ठूलो भनिएको हो । एउटा राजाको ओछ्यानमा एउटा सेतो जुम्रा टाँसिएर बसेको थियो । राती राजा निदाएको बेलामा जुम्राले राजाको रगत खाने गर्थ्यो । एक दिन त्यहाँ एउटा उडुस आइपुग्यो । उडुसलाई देख्ने बित्तिकै जुम्राले उसलाई त्यहाँबाट धपाउन खोज्यो । तर उडुस जान मानेन । उसले भन्यो, "घर आएको पाहुनालाई शत्रु भए पनि धपाउन हुँदैन । यसैले मलाई एक रात यहीँ बस्न देऊ ।" जुम्राले उसको कुरा मान्यो र एक रात बस्न दियो । राती राजा सुत्न आउने बेलामा उडुसले जुम्रालाई भन्यो, "मैले संसारमा धेरै प्रकारको रगत खाएको छु तर राजाको रगत खाएको छैन । आज राती मलाई राजाको रगत खान देऊ ।" उडुसको कुरा सुनेर उसलाई सतर्क बनाउँदै जुम्राले भन्यो, "रगत त खाऊ, तर राजा निँदाएपछि मात्रै खाऊ । राजा ननिँदाउँदै खायौ भने उसका सिपाहीले हामीलाई बाकी राख्ने छैनन् ।" उडुसले जुम्राको कुरा मंजुर गर्यो । ऊ कहिले राजा ओछ्यानमा पल्टला भनेर पर्खेर बस्यो । एक छिनपछि राजा ओछ्यानमा पल्ट्यो । राजा ननिँदाउँदै उडुलाई राजाको रगत खान मन लाग्यो । उसले राजा निदाउन्जेल पर्खेर बस्न सकेन । दुष्ट उडुसले राजालाई टोकेर रगत खान थालिहाल्यो । उडुसको टोकाइले राजा तिल्मिलायो । ऊ ओछ्यानबाट उठ्यो र बाहिर निस्केर उसले सिपाहीहरूलाई बोलाएर ओछ्यानमा हेर्न भन्यो । दुष्ट उडुस भागेर खाटको फलेकको कापभित्र लुक्यो । तर बिचरा जुम्रा भाग्न सकेन । ऊ सिरकमै टाँसिएर बस्यो । सिपाहीहरूले ओछ्यानमा के छ भनेर हेर्दा जुम्रा भेट्टाए । उनीहरूले त्यसलाई त्यहीँ मिचेर मारिदिए । यसैले खराबसँग संगत गर्नु हुँदैन भनिएको हो । एक पल्ट एउटा भोकाएको स्याल केही कुरा खान पाइने आशले सहरमा गयो । सहरका कुकुरहरूले त्यसलाई देख्ने बित्तिकै लखेट्न थाले । आत्तिएर ऊ एउटा घरभित्र पस्यो । संयोगले त्यो घर एउटा धोबीको रहेछ । धोबीले कपडा रंगाउनका लागि विभिन्न भाँडामा विभिन्न रंग पकाएर राखेको थियो । आत्तिएको स्याल लुक्न खोज्दा नीलो रंगले भरिएको भाँडाभित्र पर्यो । भाँडाबाट निस्कँदा उसको पूरै जिउ नीलो भयो । त्यहाँबाट त्यो स्याल भाग्दै फेरि बनमै पुग्यो । बनका जानवरहरूले नीलो रंगको स्याल कहिल्यै देखेका थिएनन् । यसैले तिनीहरू स्याललाई देख्ने बित्तिकै परपर भाग्न र लुक्न थाले । आफ्नो रंगले गर्दा अरु जानवरहरू डराएर भागेको कुरा स्यालले बुझ्यो । अनि उसले बनका पशुहरूलाई बोलाएर भन्यो, "प्यारा पशुहरू हो, मसँग डराउनु पर्दैन । यो बनमा राजा छैन भनेर मलाई भगवानले यो बनको राजा बनाएर पठाउनु भएको हो । अब तिमीहरू मेरो शासनमा आनन्दसँग बस ।" बनका सिंह, हात्ती, बाघ, स्याल, गैँडा सबैले उसलाई आफ्नो राजा मान्न तयार भए । उनीहरूले भने, "जो हुकुम महाराज । अब उप्रान्त हामी महाराजको आज्ञाबमोजिम काम गर्छौ ।" त्यसपछि स्यालले सिंहलाई प्रधानमन्त्री बनायो । अरु जानवरहरूलाई पनि उनीहरूको बलअनुसार विभिन्न पदमा नियुक्त गर्यो । तर उसले स्यालहरूलाई वास्तै गरेन । उनीहरूसँग बोल्दा पनि बोलेन । प्रधानमन्त्री सिंह र अरु जानवरहरूले बनमा सिकार गरेर जानवर मारेर आफ्ना राजा स्याललाई दिन्थे । स्यालले आफ्नो पेट भरेपछि बाकी मासु अरु जानवरहरूलाई बाँडिदिन्थ्यो । यसरी स्यालले आरामसँग जीवन बिताउँदै थियो । तर एक दिन अनौठो भयो । उसले टाढा कतै स्यालहरू एक सुरले कराएको सुन्यो । एउटा स्याल कराएपछि अरु स्याललाई पनि कराउन मन लाग्नु स्यालहरूको स्वाभावै हो । राजा बनेको स्याललाई पनि मन फुकाएर कराउन मन लाग्यो । आफ्ना राजा स्यालझैँ कराएको सुनेर सिंह तथा अरु बलिया जानवरहरूलाई शंका लाग्यो । उनीहरूले त्यो नीलो जीव भगवानले पठाएको राजा होइन सामान्य स्याल रहेछ भन्ने हाथा पाए । अनि उनीहरूले उत्तिखेरै त्यो स्यालमाथि हमला गरेर टुक्राटुक्रा पारिदिए । समुद्रको किनारामा एक जोडी चरा बस्थे । चरीले फुल पार्ने र कोरल्ने बेला भएको थियो । उसले फुल कोरल्नका लागि सुरक्षित ठाउँ खोज्न चरालाई भनी । तर चराले समुद्रको किनारामै फुल पारेर कोरले हुन्छ भन्ने सल्लाह दियो । समुद्रको छालले फुल बगाउनसक्छ भनेर चरीले शंका गर्दा चराले भन्यो, "हाम्रो फुल बगाउने हिम्मत कसको छ हेरौँला ।" समुद्रले चराको कुरा सुन्यो । उसले चराको घमण्ड तोड्ने बिचार गर्यो । एक दिन समुद्रको छालले चराका फुलहरू बगाएर लग्यो । फुल बगाएको देखेर चरी रोई र आफ्नो कुरा नमानेर समुद्रको बगरमै फुल पार्न लगाएकोमा चरालाई दोष दिई । तर चरा हिम्मती थियो । उसले समुद्रबाट फुल फर्काएर छाड्ने बिचार गर्यो । सबै चराहरू मिल्यो भने यो समुद्र सुकाउन सकिन्छ भनेर चरीले चरालाई जोस्याई । अनि उनीहरूले बनका सबै पंछीहरूको भेला डाके । पंछीहरूको भेलामा चरा र चरीले आफ्नो गुनासो पोखी । चराहरूले के गर्ने भनेर सल्लाह गरे । उनीहरूले "भने हाम्रो मात्रै बलले पुग्दैन । यसेले हामी हाम्रा राजा गरुडकहाँ जानुपर्छ ।" सल्लाहअनुसार सबै पंछीहरू पंछीराज गरुडकहाँ गए । उनीहरूले रुँदै कराउँदै गरुडसमक्ष आफ्नो गुनासो पोखे, "महाराज, हामीमाथि समुद्रले अन्याय गर्यो । उसले चराको फुल लुटेर लग्यो । आज एउटा चराको फुल लुट्यो । भोलि अर्को चराको फुल पनि लुट्नसक्छ । यसरी त सम्पूर्ण् पंछीहरूको वंशै नाश हुनसक्छ । पंछीहरूको कुरा सुनेर गरुडले उनीहरूलाई सघाउने निधो गर्यो । गरुड त्यो दिन विष्णुको सेवामा गएन । गरुड भएन भने विष्णुलाई कहीँ जान पनि अड्कन्थ्यो, किनभने विष्णु गरुडमाथि बसेर जहाँ पनि पुग्थ्यो । विष्णुले आफ्नो दूतलाई गरुडलाई बोलाउन पठायो । तर गरुडले रिसाउँदै भन्यो, "विष्णु भगवानलाई अर्को सावारीको साधन खोज भनेर भनिदेऊ ।" दूतले गरुड रिसाएको कारण सोध्दा उसले समुद्रले गरेको अन्यायको कुरा भन्यो । दूत गएर विष्णुलाई गरुड किन रिसायो भन्ने कुरा सुनायो । अनि विष्णु आफै गरुडको घरमा गयो । विष्णु आएको देखेर गरुडले नरम भएर भन्यो, "हजुरको आड पाएर समुद्रले मेरा पंछीहरूको फुल अपहरण गर्यो । मेरो ठूलो बेइजत भयो । समुद्रलाई सजाय नदिई हुँदैन । विष्णुले भन्यो, "तिम्रा कुरा मनासिब छन् । समुद्रले यस्तो काम गर्नु हुँदैनथ्यो । लौ जाउँ समुद्रसँग ती फुलहरू फर्काएर चरालाई दिउँ ।" विष्णु र गरुड समुद्रको किनारामा पुगे । विष्णुले रिसाउँदै समुद्रलाई भन्यो, "ए समुद्र ! बिचरा चराहरूको फुल खुरुक्क फर्काऊ नत्र मैले तिम्रो सबै पानी सुकाइदिन्छु ।" विष्णुको कुरा सुनेर समुद्र आत्तियो । उसले तुरुन्तै चराका सबै फुल फर्काइदियो । चराहरु संगठित भएकोले नै उनीहरूले समुद्रबाट फुल फर्काउन सफल भए । एउटा पोखरीमा दुइटा हाँस दिनदिनै आएर खेल्थे र किराफटेँग्रा खान्थे । त्यो पोखरीमा एउटा कछुवा पनि बस्थ्यो । हाँस र कछुवाको गाढा मित्रता थियो । साँझ परेपछि हाँस र कछुवा पोखरीको किनारामा बसेर रमाइला गफ गर्थे । धेरै दिन पानी नपरेको हुनाले त्यो पोखरी सुक्दै गयो । हाँसहरू त अर्को पोखरी वा तलाउमा जानसक्थे । तर बिचरा कछुवालाई आपत पर्यो । हाँसहरूले कछुवालाई अर्को ठूलो पोखरीमा बसाइ सर्ने सल्लाह दिए । तर त्यहाँसम्म कसरी जाने भन्ने समस्या पर्यो । धेरै बेर सल्लाह गरेपछि उनीहरूले एउटा उपाय निकाले । बनबाट एउटा बलियो मसिनो लट्ठी ल्याउने । लट्ठीको दुईतिर हाँसले च्याप्ने र बीचमा कछुवाले च्यापेर झुण्डिने, अनि हाँसहरूले त्यो कछुवासहितको लट्ठी बोकेर उडेर अर्को पोखरीमा पुग्ने निधो भयो । यो कुरा निधो गरेपछि दुबै हाँसले कछुवालाई भन्यो, "हेर मिज्जु, हामीले तपाईँलाई यसरी उडाएर अर्को पोखरीमा पुर्याउनेछौँ । तर तपाईँले एउटा कुरा बिर्सनु हुँदैन । यदि केही कुरा भन्नको लागि तपाईँले मुख खोल्नु भयो भने तपाईँ अकाशबाट सोझै भुइँमा खस्नु हुनेछ । यसैले कुनै कुरा राम्रो लागे पनि, रिस उठे पनि वा लोभ लागे पनि तपाईँ कत्ति पनि बोल्नु हुँदैन । बोल्यो कि मरियो भन्ने नबिर्सनु होला ।" कछुवाले हितैषी मित्र हाँसहरूको कुरा खुशीसाथ कबुल गर्यो र उडन तयार भयो । योजनाअनुसार हाँसहरू लट्ठीको बीचमा झुण्डिएको कछुवालाई लिएर आकाशमा उडे । आकाशमार्गबाट उनीहरू जाँदै थिए । बीचमा एउटा गाउँ आयो । गाउँलेहरूले आकाशमा अनौठो दृश्य देखे । हाँसहरूले अनौठो गोलो बस्तु बोकेर उडिरहेको देखेर उनीहरूले एक अर्कालाई देखाउँदै हेरहेर कस्तो अनौठो कुरा भन्दै हल्ला गर्न थाले । गाउँलेहरू चिच्याएको सुनेर कछुवालाई मानिसहरू किन कराएका रहेछन् भन्ने जान्न मन लाग्यो । उसले आफ्नो जिज्ञासा रोक्न सकेन । उसले हाँसहरूसँग सोध्यो, "साथी, तल के हो हल्ला हो ?" कछुवाले आफ्नो कुरा पूरा गर्न नपाउँदै उसको मुखबाट लट्ठी छुट्यो । बिचरा कछुवा तल खस्यो र साह्रो ढुंगामाथि बज्रेर टुक्राटुक्रा भयो । यसैले हितैषीको सल्लाह मान्नु भनिएको हो । एउटा पोखरीमा केही माछाको परिवार सुखसँग बसिरहेका थिए । त्यो पोखरीमा कुनै पनि माझीले जाल हानेर माछा मारेको थिएन । एक दिन केही माझीहरू त्यो पोखरीमा आए । उनीहरूले पोखरीमा निक्कै माछा देखे र जाल हान्ने बिचार गरे । तर त्यो दिन उनीहरूले धेरै माछा मारिसकेको हुनाले भोलि आएर जाल हान्ने सल्लाह गरेर गए । माझीको सल्लाह माछाहरूले पनि सुने । सूक्ष्ममति नाम गरेको माछाले भन्यो, "अब हामीले यो पोखरी छाडेर अन्तै जानुपर्छ । यो काममा कत्ति पनि ढिलाइ गर्नु हुँदैन ।" शीघ्रमति नाम गरेको माछाले उसको कुरामा सही थाप्दै भन्यो, "आफू जन्मेको ठाउँ छाड्न सबैलाई डर लाग्छ । जन्मेको खेलेको ठाउँको माया पनि लाग्छ । तर यसो भनेर हुँदैन । जस्तै कठिन अवस्था आइलागे पनि ज्यान जोगाउनका लागि त यो पोखरी छाड्नै पर्छ ।" मूढमति नाम गरेको माछा उनीहरूको कुरामा सहमत भएन । उसले भन्यो, "बाटो हिँडने जोसुकैले जे भने पनि पत्याउने कि कसो ? अर्काको कुरा सुनेर आफ्नो जन्मभूमि त्याग्नु बुद्धिमानी होइन । भाग्य हाम्रो पक्षमा छ भने जहाँ बसे पनि कसैले केही बिगार्न सक्तैन । भाग्य नै विपक्षमा छ भने जहाँ गए पनि जोगिन्न । तिमीहरूलाई जान मन लागे जाऊ म त यहीँ बस्छु । जे पर्ला पर्ला ।" उसको कुरा सुनेर सूक्ष्ममति र शीघ्रमति तुरुन्तै आआफ्नो परिवार लिएर अर्को पोखरीमा बसाइ सरे । मूढमतिको परिवार त्यही पोखरीमा बस्यो । भोलि पल्ट सबेरै माझीहरू आएर पोखरीमा जाल हाने र त्यहाँ भएका सबै माछा समाते । ११
एकतामा बल १२
बाँदरलाई अर्ति १३
मूर्खलाई उपदेश १४
साथीसँग बेइमानी
१५
अरुलाई खनेको खाल्टोमा आफै पर्यो १६
जस्तालाई तस्तै
१७
मूर्ख सेवक
१८विद्वान
शत्रु त्यो विद्वान ज्ञानगुनका कुरा गर्न र मिठो बोली बोलेर मोहित पार्न सिपालु थियो । उसले ती व्यापारीहरूसँग मिठामिठा, ज्ञानगुनका कुरा गरेर उनीहरूलाई मख्ख पार्यो । उनीहरूले उसलाई नोकरको रूपमा आफैसँग राखे । विद्वानले पनि उनीहरूको निक्कै चाकरी गरेर उनीहरूलाई रिझायो । केही दिनपछि व्यापारीहरूले आफूसँग भएका सबै सामान बेचेर
हीरामोती किने । उनीहरू आफ्नै देशमा र्फकने तरखरमा थिए
। बाटोमा जंगल पर्ने र चोर लाग्ने हुनाले उनीहरूले ती
हीरा र मोतीहरू आफ्नो तिघ्रा चिरर त्यसभित्र लुकाए ।
त्यो देखेर विद्वानलाई उनीहरूको सम्पत्ती हात नलाग्ने
भयो भन्ने पिर पर्यो । उसलाई उनीहरूको सेवा व्यर्थैमा
गरेछु जस्तो लाग्यो । तै पनि उसले हिम्मत हारेन । उसले
व्यापारीहरूसँग यात्रा गर्ने विचार गर्यो । बीच बाटामा
व्यपारीहरूलाई खानेकुरामा बिष हालेर ख्वाउनसके ती सबै
हीरामोती उसको हातमा परिहाल्छ भन्ने उसले बिचार गर्यो
। ती व्यापारी र विद्वान सेवक गाउँको नजिक पुग्ने बित्तिकै कौवाहरूले गाउँलेलाई थाहा दिए । गाउँलेहरूले उनीहरूलाई समातेर उनीहरूको धनसम्त्ती खोस्न खोजे । उनीहरूले विरोध गर्दा गाउँलेहरूले उनीहरूलाई बेस्सरी कुटे । उनीहरूलाई नांगै पारेर धनसम्पत्ती खोजे । तर उनीहरूसँग रुपैयाँपैसा, गहना केही भेटि्टएन । गाउँलेहरू अचम्म माने, किनकि अहिलेसम्म कौवाले झुठो खबर ल्याएको थिएन । पक्कै पनि यात्रीहरूले आफ्नो जिउभित्र दामी गहना र हीरामोती लुकाएको हुनुपर्छ भन्ने उनीहरूले अडकल गरे । उनीहरूले यात्रीहरूलाई भने, "हेर, अहिले सम्म कौवाको खबर झुठो भएको छैन । तिमीहरूसँग घनसम्पत्ती छ भन्ने कुरामा शंका छैन । यदि तिमीहरू आफैले आफ्नो सम्पत्ती हामीलाई दिँदैनौ भने तिमीहरूलाई मारेर शरीरको जुन भागमा लुकाएको भए पनि हामीले लिएरै छाड्छौँ ।" व्यापारीहरूलाई मारेर उनीहरूले जिउमा लुकाएको हीरामोती
हात पार्ने दाऊमा उनीहरूको पछि लागेका विद्वान शत्रुले
गाउँलेहरूको कुरा सुनेपछि अब यनीहरूले व्यापारीहरूलाई
मार्ने भए भन्ने विचार गर्यो । ती व्यापारीलाई मारेर
उनीहरूको जिउमा लुकाएको हीरामोती हात पारेपछि गाउँलेहरूले
आफूलाई पनि मार्नेछन् भन्ने उसले तर्क गर्यो । त्यसपछि
उसले सोच्यो, "यदि गाउँलेहरूले मलाई पहिला मारेर
मेरो जिउमा धनसम्पत्ती नभेटाएपछि उनीहरूले व्यापारीहरूलाई
ज्युँदै छाड्ने छन् । म त यसै पनि मर्ने भएँ उसै पनि
मर्ने भएँ । म पहिले मरेर यी व्यापारीहरूको ज्यान जोगिन्छ
भने किन पहिले नमर्ने ?" गाउँलेहरूले त्यसै गरे । तर उसको जिउमा केही पनि भेटि्टएन । त्यसपछि उनीहरूलाई बाकी चार जना व्यापारीहरूको जिउमा पनि केही लुकाएको छैन भन्ने विश्वास भयो । उनीहरूले व्यापारीहरूलाई ज्युँदै छाडिदिए । यसैले शत्रु पनि विद्वान भए बेस हुन्छ भनिएको हो । |
||||